Logo

जब कंगनाले लगाइन् आमाको झुम्का



एजेन्सी, ४ कात्तिक । बलिउड नायिका कंगना रनौट चर्चाको शिखरमा छिन् । हिमाञ्चलमा जन्मिएकी कंगनाको अभिनय बेजोड छ । उनी उत्तिकै सुन्दर पनि छिन् । तर, कंगनाले पछिल्ला वर्षहरुमा बलिउडमा तरंग ल्याइदिएकी छिन् ।

कंगनाले आफूमाथि भएका यौन शोषण, दुव्र्यवहारका घटनाहरुको खुलासा गरिसकेकी छिन् । यो घटनाले उनलाई विवादमा समेत ल्यायो । तर, उनले धेरै सत्य उद्घाटन गरेर राम्रा भनिएकाहरुको वास्तविकता नराम्रो रहेको खुलाइदिइन् ।

यसपटक कंगनाले नयाँ तस्वीर सार्वजनिक गरेकी छिन् । तस्वीरमा उनले झुम्का लगाएकी छिन् । उक्त झुम्का उनको आमाको हो । ट्वीटर पेजमा लेखेकी छिन्ः ‘आमाको झुम्का लिएकी हुँ, म कस्तो देखिएकी छु ?’



प्रतिक्रिया दिनुहोस्