Logo

सरकारको निर्णयको विरोधमा माधव नेपालले निकाले विज्ञप्ती



काठमाडौं, ४ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले पछिल्लो समय सबै विरामीको उपचार गर्न नसक्ने भनेर गरेको निर्णयमा आफ्नो गम्भीर ध्यानकार्षण भएको जनाएका छन् । आज सामाजिक सञ्जाल फेशबुकमा एक विज्ञप्ती जारी गर्दै नेता नेपालले यस्तो ध्यानाकार्षण गराएका हुन् । उनले भनेका छन्,‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेको कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।’ नेता नेपालले संकटको बेलामा सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने पनि धारणा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्