Logo

सुनको औंठी लुट्ने पक्राउ



काठमाडौं, ४ कात्तिक । सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुढानिलकण्ठ कपन जुगल स्कुल नजिकबाट सुनको औंठी, मोबाइल तथा नगद लुटपाट गरेको अभियोगमा २ जना सोमबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ बस्ने संखुवासभा घर भएका सनिष राई र खोटाङ घर भएका किशोर रहेका छन् । उक्त स्कुल नजिकबाट बुढानिलकण्ठ कपनस्थित दुर्गा मन्दिर नजिक डेरा गरी बस्ने उदयपुर बलम्पा गाउँपालिका घर भएका एक पुरुषको औंठी, मोबाईल तथा नगद सनिष राई लगायत ६ जनाको समूहले लुटी फरार भएको सुचना पाएलगत्तै महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उक्त लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

लुटपाटमा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्