Logo

लन्डनमा शाहरुख खान र काजोलको प्रतिमा बन्ने



एजेन्सी, ४ कात्तिक । शाहरुख खान र काजोलको ब्लकबस्टर फिल्म ‘दिलवाले दुल्हनियाले जाएंगे’ ले २५ वर्ष पूरा गरेको छ । फिल्म १९९५ मा रिलिज भएको थियो । फिल्मले २५ वर्ष पुरा गरेपछि शाहरुख खान र काजोलको प्रतिमा बन्ने भएको छ । लन्डनमा २०२१ मा लीसेस्टर चोकमा यी दुई कलाकारको प्रतिमा अनावरण हुने भएको छ ।

युनाइटेड किंगडममा पहिलो पटक भारतीय फिल्मले यस्तो स्थान पाएको हो । यो बलिउड इतिहासमा नै दर्ता हुनेछ । ‘दिलवाले दुल्हनियाले जाएंगे’ फिल्म एक प्रेम कहानी हो । यसमा शाहरुख खान र काजोलले राज र सिमरनको भुमिका निभाएका छन् । दुवैले एक अर्कालाई प्रेम गर्छन् । हार्ट अफ लन्डन बिजनेस अलायन्सले यसको घोषणा गर्दै डिडीलेजेले प्रतिमा लन्डनकोबीच स्थित लीसेस्टर चोकमा फिल्ममा भएको दुश्यको एक भाग हुने बताएको छ ।

यस फिल्मको एक दृश्यमा राज र सिमरन एक अर्कासँगै भएर पनि क्रस गर्छन् त्यत्ति बेला एक अर्कालाई चिनेका हुँदैनन् । यशराज फिल्मले जारी गरकेो विज्ञप्तिमा लीसेस्टर चोकमा ओडिसन सिनेमाको बाहिर पुर्वी भागमा प्रतिमा राखिनेछ । आयोजकका अनुसार काजोल र शाहरुख खान अनावरणको समयमा उपस्थित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्