Logo

अजय–रोहितको मित्रतामा संकट आएकै हो ?



एजेन्सी, ४ कात्तिक । रणवीर सिंहलाई लिएर रोहित शेट्टीले ‘सर्कस’ नामको फिल्म घोषणा गरेका छन् । जुन फिल्मलाई गुलाजर अंगुरको रीमेक बताइएको छ । अंगुर आफै दो दुनी चारको रीमेक थियो । फिल्ममा जैकलीन फर्नाडीस र पुजा हेगडेका साथमा केही अन्य कमेडी कलाकारहरु रहेका छन् ।

रणवीर सिंहको साथमा रोहित शेट्टीले फिल्म बनाउने योजना बनाइरहेको सुन्नमा आएको थियो, तर बलिउडमा रोहित शेट्टीले बनाउने फिल्ममा अजय देवगनलाई लिएर बनाउने चर्चा चलेको थियो । तर यस्तो भएन् ।

बलिउडमा हाल रोहित र अजयबीच सम्बन्धमा दरार आएको खबर बाहिरिएको छ । रोहितले अब अजयको सट्टा अर्का हिरोसँग धेरै काम गर्न लागेका छन् । रोहितले आफ्नो पछिल्लो फिल्म सिम्बामा रणवीरलाई लिएका थिए । रिलीजको लागि तयार भएको फिल्म सुर्यवंशीमा उनले अक्षय कुमारसँग बनाएका थिए । त्यो भन्दा पहिला २०१७ मा अजयसँग गोलमाल अगेन बनाएका थिए ।

२०१३ पछि हरेक फिल्म रोहितले अजयको साथमा बनाएका थिए । चेन्नई एक्सप्रेसमा पहिलो पटक उनले अजयको साथ छोडे र शाहरुख खानको साथमा मुवी बनाएका हुन् । शाहरुख खान र अजयको सम्बन्ध धेरै राम्रो नभएको जानकारहरु बताउँछन् ।

अजय र रोहितको फिल्म जमिन, गोलमाल, सन्डे, गोलमाल रिटन्र्स, अल द बेस्ट, सिंघम, सिंघम रिटन्स जस्ता धेरै फिल्म सुपरहिट भएका थिए । रोहितसँग जोडिएका सुत्रले दिएको जानकारी अनुसार पछिल्लो समयमा रोहितले बनाएको फिल्ममा अजय फिट हुने थिएनन् । रोहित हाल पनि गोलमाल ५ को स्क्रिप्ट लेख्दै छन् जसमा अजय देवगन लिड रोलमा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्