Logo

यी ४ चीज दान गर्दा कर्ण मारिए



महाभारतको महायोद्धा कर्णले जीवनमा कहिल्यै कसैसँग दान लिएनन । स्वयं दान दिएको कारण उनी मारिएका थिए । परिस्थिति यस्तो बन्यो कि कर्णले महाभारत युद्ध गर्नुपुर्व ४ चीज दान गर्नुपर्यो । यी चीज दान गरेपछि उनको मृत्यु निश्चित थियो । यीतो जान्दा जान्दा पनि कणले दानवीर हुनेको परचिय दिए र रणभुमिमा वीरगति प्राप्त गरे ।

ब्राह्मण वेष इन्द्रलाई दिए दानः महाभारतको महायुद्धमा वब कर्ण कौरवको सेनापति बनाइए तब देवराज इन्द्र अर्जुन र अरुसँग चिन्तित भए किनकी कर्णसँग जुन कवच र कुन्डल थियो । त्यो कर्णसँग भइन्जेल उनलाई कसैले मार्न सक्दैनथे । अर्जुनको रक्षाको लागि एक दिन बिहानीको समयमा कर्णले सुर्यदेवको पुजा गर्दै थिए तब इन्द्र ब्राहण भेषमा अगाडि आए । कर्णले नियम नै बनाएका थिए सुर्यदेवको पुजापछि दान गर्ने । देवराज इन्द्रले कर्णलाई उनको कवच र कुन्डल मागे, जुन कर्णलाई सुर्यदेवले जन्मसँगै दिएका थिए ।

अर्जुन बाहेक अन्य भाईलाई नमार्ने बचन दिनुः कुन्तीले युद्ध भन्दा पहिला कर्णलाई पाँच पाण्डव उनका भाई भएको बताइन् । मित्रताको बन्धनमा बाधिएका कर्णले दुर्योधनको साथ छाडेनन् तर माता कुन्तीलाई कर्णले अर्जुन बाहेक अन्य भाईको हत्या नगर्ने दान दिए । यदि अर्जुन मरेमा पाण्डबको साथमा आउने पनि कर्णले वचन दिएका थिए ।

भीमलाई जीवन दान दिनुः महाभारत युद्धको क्रममा एक समय यस्तो पनि आयो जब भीम र कर्णकोबीचमा महासंग्राम हुन लाग्यो । यस संग्राममा भीम हार्दै गएका थिए, तब कर्णले भीमलाई मार्न सक्थे तर माता कुन्तीलाई दिएको वचनको कारण भीमलाई जीवनदान दिए ।

मित्रताको लाजको लागि अमोघ अस्त्र छाड्नुः कवच र कुन्डल दानमा दिएपछि इन्द्रले वरदान माग्न भने तब कर्णले इन्द्रसँग अमोग अस्त्र मागे जसबाट अर्जुनलाई मार्न चाहान्थे । यस अस्त्रले अर्जुनले कर्णलाई परास्त गर्न सक्थेनन् । तर कृष्णले घटोत्कचलाई रणभुमिमा ल्याएर यस्तो चाल चले कि दुर्योधन आत्तिन थाले । दुर्योधनले अमोघ अस्त्रको प्रयोग घटोत्कचमा गर्न भने । कर्णलाई थाहा थियो यो अस्त्रको प्रयोग गर्दा आफ्नो जीवन दान गर्नुपर्छ तैपनि मित्रताको इज्यत राख्न कर्णले अमोघ अस्त्रको प्रयोग गरेर घटोत्कचमाथि गरे र स्वयं रणभुमिमा युद्ध गर्दा गर्दै अर्जुनको हातबात वीरगति प्राप्त गरे । धार्मिक ग्रन्थको आधारमा 



प्रतिक्रिया दिनुहोस्