Logo

उपत्यकामा एकैदिन १७०२ कोरोना संक्रमित थप



काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १७  सय २ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ९३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १७  सय २ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १३ हजार ८ सय ६१   जनाको पिसीआर परिक्षणमा  ३ हजार ९३  जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २१०८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९६ हजार ६ सय ९  रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १४३१ जना र ललितपुरका १२३ जना र भक्तपुरका  १४८ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ३९ हजार  १ सय २९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्