Logo

करिश्माले सँझाइन् नेबिको बिस्कुट



काठमाडौं, ४ कात्तिक । नेपालकी सदावहार अभिनेत्री करिश्मा मानन्धर नेपाली चलचित्र जगतकी भेट्रान नायिका हुन् । उनी ९० दशकमा निर्विकल्प अभिनेत्री झै नेपाली चलचित्र उद्योगमा छाएकी थिइन् । उनकै नामले मात्र पनि एक समय फिल्म चल्ने ग¥थ्र्यो । सन्तान फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी करिश्मा सबै निर्माता, निर्देशक तथा दर्शकको मनमा बस्न सफल छिन् ।

केही समयसम्म अमेरिका बसेर नेपाल फर्किएकी करिश्मा हाल भने अध्ययनमा लागेकी छिन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढाई छाडेकी उनले गएको वर्ष एसइई उत्तिर्ण गरेकी हुन् । हाल कक्षा १२ मा अध्ययन गर्दैछिन् । उनलाई फिल्म र विज्ञापनमा खेलाउन निर्देशक तथा निर्माताहरुले हानाथाप गर्न पनि पछि पर्दैनथे ।

२०४२ सालतीर करिश्माकोे फोटो सुट भएको थियो । खाजा खाने समयमा निर्माण नियन्त्रक गेहेन्द्र धिमालले करिश्मालाई नेविको बिस्कुट दिएका थिए । उनले चियासँग बिस्कुट खाइरहेको समयमा फोटो ग्राफरले उनलाई पोज दिन लगाए । उनले पनि नेबिको बिस्कुटको साथमा मन्द मुस्कान दिदै पोज दिइन् । तर करिश्माले सम्झनाको लागि खिचेको सम्झेपनि उनको अनुमति बिना पत्रपत्रिकामा विज्ञापन आएको थियो ।

फेसबुकमा निर्देशक सुव्रत आचार्यले नेविको बिस्कुट अहिले पनि पाइन्छ ? भनेर सोधेको एक प्रश्नमा करिश्माले यो बिस्कुटको विज्ञापनमा तस्वीर आउने कारण सामाजिक सञ्जालमार्फत नै खुलाएकी छिन् । विज्ञापन आएपछि मात्र दाईको घरमै गएर पारिश्रमिक माग गरेको बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्