Logo

‘राष्ट्रपति भण्डारीले भोलि रानीपोखरी र दरबार हाईस्कुलको उद्घाटन गर्ने’ यस्तो छ तयारी (फोटोफिचर)



मुकुन्द कालिकोटे : काठमाडौं, ४ कार्तिक । २०७२ को महाभुकम्पले क्षतिग्रस्त भई नेपाल सरकार, राष्ट्रिय पूनर्निमाण प्राधिकरणद्धारा पूनर्निमाण सम्पन्न भएको रानीपोखरी र दरबार हाईस्कूलको भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । आज सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले रानीपोखरी र दरबार हाईस्कुलको निरीक्षण गर्ने क्रममा यस्तो जानकारी गराएका हुन् ।

मन्त्री श्रेष्ठले वर्तमान सरकार पूनर्निमाणको काममा कसरी खटेको र कति दत्तचित्त भएर लागेको छ भन्ने कुरा रानीपोखरी पूनर्निमाणले देखाएको सुनाए । उनले भने,‘रानीपोखरी र दरबार हाईस्कुल पूनर्निमाणले पनि सरकार कति गम्भीर छ भन्ने कुरा प्रमाणित गर्छ । यो सबैले मनन गर्नुपर्ने विषय हो ।’

सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले भने,‘रानीपोखरी (आहा..) मुसुक्क हाँसेर हामीलाई हेरिरहेको छ ।’ उनले राष्ट्रिय सम्पदाहरुको चाँडोभन्दा चाँडो पूनर्निमाण हुनुपर्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन रहेको पनि सुनाए । उनले भने,‘उहाँकै निर्देशनमा आज रानीपोखरी र दरबार हाईस्कुल समयमै पूनर्निमाण भएका छन् । रानीपोखरी पूरानो संरचनाअनुसार नयाँ ढंगले निर्माण भएको छ ।’

त्यस्तै, राष्ट्रपति भण्डारीले राष्ट्रिय सम्पदाहरुको चाँडोभन्दा चाँडो पूनर्निमाण हुनुपर्छ भन्ने चिन्ता र चासो रहेको पनि मन्त्री श्रेष्ठले उल्लेख गरे । उनले भने,‘राष्टपतिको चिन्ता र चासोको विषय भएकोले हुनाले समयमै पूनर्निमाण भएको हो । रानीपोखरी र दरबार हाईस्कुलको भोलि कार्तिक ५ गते १२ बजे विधिवत उद्घाटन हुँदैछ । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

उनले वर्तमान सरकारको कुराभन्दापनि कामबाट परीणाम देखाउने नीति रहेको सुनाए । रानीपोखरी वि.सं. १७२६ मा नेपाल सम्वत ७९० कान्तिपुरका राजा प्रताप मल्ले निर्माण गरेका हुन् । उनले देशैभरि पूरातात्विक महत्वका सम्पदाहरुको पूनर्निर्माण भैरहेको पनि सुनाए । पूनर्निर्माणको क्रममा आन्तरिक मतभेद भएपनि काम भैरहेको उनले सुनाए । यसैगरि, २०७८ बैशाख १२ गते १२ बजे काष्ठमण्डपको उद्घाट्न हुनेपनि उनले जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीले धरहरा ढलेपछि ‘मेरो धरहरा, म आँफै बनाउँछु’ भनेर उद्घोष गरेको र सोहीअनुसार अहिले पूनर्निर्माण गरिउको स्पष्ट पारे । ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पूनर्निर्माणमा केही ढिलाई भएपनि काम तिव्र रुपमा भैरहेको छ ।’–उनले थपे ।
उनले एक वर्षभित्र धरहार नयाँ रुपमा झल्कने घोषणा गरे । उनले सिंहदरबार, विश्व सम्पदा सूचिमा परेका संरचनाहरु लगातार बन्दै जाने पनि सुनाए । उनले भने,‘प्रधानमन्त्रीज्यूको बाँकी रहेको अढाई वर्षे कार्यकालभित्रै भुकम्पले क्षतविक्षत बनाएका संरचनाहरु सबै ठडिनेछन् ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्