Logo

औषधी र उपकरण अभाव हुन दिदैनौ–स्वास्थ्य मन्त्री ढकाल



काठमाडौं, ४ कात्तिक । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना उपचारको लागि आवश्यक औषधी र उपकरणहरु अभाव हुन नदिने बताएका छन् । आजको नियमित प्रेस विफ्रिङमा मन्त्री ढकालले देशभर २६ सय आइसियु तयार हुन लागेकोले औषधि र उपकरणको अभाव हुन नदिने जानकारी दिएका हुन् ।

‘२६ सय आइसियु तयारी अवस्थामा छन् र थप ४ सय निमार्ण भइरहेको छ,’ मन्त्री ढकालले भने, अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाई डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तिव्र रुपमा अगाडी बढाइएको छ ।’ उनले यस्ता उपकरणले कोरोना संक्रमितका सिकिस्त बिरामीको उपचारमा सहज बनाउने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्