Logo

अन्ततः नेकपाको कर्णाली विवाद मिल्यो, ओली–दाहालबीच भयो सहमति



काठमाडौं, ४ कार्तिक । अन्ततः नेकपाको कर्णाली प्रदेशको विवाद मिलेको छ । पार्टीका केन्द्रीय अध्यक्षद्ध केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटवार्तामा विवाद हल गर्नेबारे सहमति भएको हो । नेकपाका एक नेताले दिएको जानकारीअनुसार अध्यक्षद्धय ओली र दाहालबीच भएको सहमतिअनुसार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने, संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई हटाउने निर्णय बदर हुने, साीता नेपालीलाई सचेतकमा कायम गर्ने सहमति भएको छ। कर्णालीमा विवाद उत्पन्न भएपछि अध्यक्षद्धय ओली र दाहालले मुख्यमन्त्री शाहीसहित पदाधिकारीलाई काठमाडौं बोलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्