Logo

विश्वभर ४ करोड १० लाख कोरोना संक्रमित



काठमाडौं, ५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड १० लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २९ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ करोड १० लाख २९ हजार पुगेको हो । विश्वभर दैनिक तीन लाखका दरले संक्रमित संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म तीन करोड छ लाख संक्रमण मुक्त भएका छन् । ९२ लाख सक्रिय संक्रमित संख्या छ ।
विश्वमा सबैभन्दा बढी अमेरिकामा ८५ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २६ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ७६ लाख संक्रमितमध्ये एक लाख १५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५४ हजारको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्