Logo

भृकुटीमण्डप भित्र ४४ बर्षीय पुरुषको शव भेटियो



काठमाडौं, कार्तिक ५ । राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनी हल बाहिर एक जना पुरुष मृत भेटिएका छन् । मृतक भक्तपुर बोडे-९ का ४४ बर्षीय राम प्रसाद प्रजापती रहेको मृतकको साथमा रहेको कागजातबाट खुल्न आएको छ ।

मृतक प्रजापतीको निधारमा घाउ रहेको र के–कति कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक प्रजापतीका साथमा भेटेको कागजात र मोबाईल नम्बरका आधारमा उनको परिवारलाई घटनाबारे जानकारी गराईसकेको छ ।

तस्विरः मुकुन्द कालिकोटे/Reportersnepal.com

 

 



प्रतिक्रिया दिनुहोस्