Logo

मेस्सीको गोलसँगै बार्सिलोनाको सानदार जीत



एजेन्सी, ५ कात्तिक । लियोनल मेस्सीले २७ औं मिनेटमा पेनाल्टीमार्फत् खाता खोलेको खेलमा बार्सिलोनाले सानदार जीत निकालेको छ । च्याम्पियन्स लिगको ग्रुप जीको खेलमा बार्सिलोनाले फेरेनभारोसिमाथि ५-१ को सानदार जीत निकालेको हो ।

गएरातिको खेलमा बार्सिलोनाका लागि फाटी, काउटिन्हो, गोन्जालेज र डेम्बेलेले गोल गरेका थिए । बार्सिलोनाका पिकेले ६८ औं मिनेटमा रातो कार्ड खाएर मैदान छाड्नुपरेको थियो ।

स्पेनिस लिगमा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले यो जीतबाट केही हौसला बटुलेको छ ।



प्रतिक्रिया दिनुहोस्