Logo

पीएसजीमाथि म्यानचेस्टर युनाइटेडको जीत



एजेन्सी, ५ कात्तिक । फ्रान्सेली लिग विजेता पेरिस सेन्ट जर्मेनविरुद्ध इंग्लिस टोली म्यानचेस्टर युनाइटेडले कठिन जीत निकालेको छ । गएराति च्याम्पियन्स लिग फुटबल अन्र्तगतको ग्रुप एचको प्रतिष्पर्धामा युनाइटेडले २-१ को जीत निकालेको हो ।

पिएसजीको मैदानमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत् खाता खोलेका थिए । ५५ औं मिनेटमा मार्सेलले आफ्नै पोष्टमा गोल गरेपछि बराबी भएको थियो । तर, खेलको अन्ततिर रासफोर्डले सानदार गोल गरी टोलीलाई महत्वपूर्ण जित दिलाएका थिए ।

स्टार खेलाडीले भरिएको पिएसजीले गोलका महत्वपूर्ण अवसरहरु गुमाएको थियो । जीतसँगै म्यानचेस्टर युनाइटेले अर्को चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्