Logo

कर्णाली किचलो केन्द्रसम्मै



सुर्खेत, कार्तिक ५ । नेकपा कर्णाली प्रदेशको विवादले केन्द्रसम्मै असमझदारी देखिएको छ। पार्टीका दुई अध्यक्षबीच मंगलबार बालुवाटारमा सहमति भयो भनिए पनि त्यसबारे फरक–फरक धारणा बाहिर आएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल मंगलबार कर्णालीको विवाद समाधान गर्न जुटेका थिए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच चारबुँदे सहमति भएको जानकारी दिएका छन्।

उनका अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने, प्रमुख सचेतक गुलावजंग शाहलाई हटाउने मुख्यमन्त्रीको निर्णय बदर गर्ने, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको नियुक्ति पनि बदर गर्दै पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने सहमति भएको हो। त्यस्तै, अन्य विषयमा आपसी सल्लाहमा निर्णय लिने सहमति भएको उनको भनाइ छ।

अर्का अध्यक्ष दाहाल पक्षले भने उक्त सहमतिलाई अस्वीकार गरेको छ। दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले दुई अध्यक्षबीच कर्णाली विवादबारे कुनै पनि सहमति नभएको विज्ञप्तिमा जनाएका छन्।

बालुवाटारमा कुनै सहमति नभएको र बाहिर आएको सूचना सही नभएको जनाइएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्