Logo

नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ : चाङ युए (भिडिओसहित)



काठमाडौं, ५ कार्तिक । चाइना मिडिया ग्रुपकी नेपाल प्रमुख चाङ युये (बर्षा) ले नेपाल–चीन द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको र नेपालको विकासमा चीनले धेरै सहयोग गर्दै आएको स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै चाङ युएले यस्तो बताएकी हुन् । चीनले कोरोना महामारीको बेलामा नेपालसहित विश्वका एक सयभन्दा बढि देशहरुलाई सहायता गरेको र आफ्नो अनुभवसमेत बाँडेको पनि उनले सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्