Logo

मुख्यमन्त्री शाही कर्णाली फर्किए, कार्तिक ७ गते संसदीयको दलको बैठकलगत्तै मन्त्रिपरिषद पूनर्गठन गर्ने



काठमाडौं, ५ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पार्टीको संसदीय दलको बैठक यही कार्तिक ७ गते बैठक डाकेका छन् । पार्टीको विवाद मिलाउनको लागि केन्द्रीय अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेकपाका कर्णाली प्रदेशका पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए । सोहीअनुसार मुख्यमन्त्री शाहीसहित नेताहरु यमलाल कँडेल, गुलाबजंग शाह काठमाडौं आएका थिए ।

मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीलाई हटाउनेगरि प्रधानमन्त्री ओली पक्षधर नेताहरुले मोर्चाबन्दी गरेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर, केन्द्रबाट अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालको पहलमा कर्णालीमा दाहाल–नेपाल समूहका सांसदहरु एक भएका थिए । शाहीविरुद्ध अविश्वासको प्रस्तावबाट नेपाल समूहका सांसदहरु ब्याक भएका थिए ।

मुख्यमन्त्री शाही आज कर्णाली फर्कँदैछन् । उनले यही कार्तिक ७ गते संसदलीय दलको बैठक राखेका छन् । शाहीको पक्षमा २१ सांसद छन् । ‘आफ्नो पक्षमा बहुमत छ भएपछि उहाँले मन्त्रिपरिषद पूनर्गठन गर्ने तयारी गर्नुभएको छ।’–मुख्यमन्त्री शाहीनिकट स्रोतले भन्यो । प्रदेश सरकार चलाउने आफ्नो अधिकारको कुरा भएकोले केन्द्रको हस्तक्षेप स्विकार्य नहुने शाहीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्