Logo

‘सरकारले न कोरोना बुझ्न सक्यो, न जुध्न सक्यो’ : विश्वप्रकाश शर्मा



काठमाडौं, ५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले कोरोनालाई बुझ्न नसकेको र जुध्नपनि नसकेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘वर्तमान सरकार सुरुदेखि नै कोरोना उपचारमा कमजोर र असफल भएको छ । स्वास्थ्यकर्मीहरुले अग्रपँक्तिमा बसेर काम गरेका छन् । उनीहरुको उच्च मनोबल बनाउनुपर्छ । तर, सरकारको कारणले गर्दा अहिले प्रतिकुलता र जटिलता बढ्दै गयो ।’

उनले अब कोरोना संक्रमण बढेकोले समस्यापनि झनै जटिल बन्दै गएको सुनाए । उनले भने,‘समस्याको समाधान जहाँ/जहाँ हामी चुकेका छौं । त्यहीँबाट हामीले करेक्सन गर्नुपर्छ । सबै सरकारले गर्नुपर्छ भनेको होईन । लड्ने स्वास्थ्यकर्मीले हो । सरकारले चाहिने सामग्रीको व्यवस्थापन गर्ने हो । क्वारेन्टिन बनाउने । आईसोलेशनको आकार बढाउने हो । भेन्टिलेटरेको आकार बढाउने हो । हिजोभन्दा आज जटिलता बढेको छ। सरकारको ध्यान पुग्नुपर्छ । सामूदायिक आईसोलेशन बनाउनुपर्छ ।’

उनले आफ्नो पार्टीले यसअघि नै सरकारलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि चाल्नुपर्ने कदमबारे सुझाव दिएको पनि स्मरण गराए । ‘सरकारले हाम्रो कुरा मान्ला वा नमान्ला भनेर जाने होईन, सरकारले मान्नुपर्छ । अप्ठ्यारोमा परेको बेला जनताले कर तिरेका छन् । सरकारले मल्हम लगाउने बेला नै यही हो । कुन बेला जनतालाई सरकार चाहिन्छ ?’ सरकारले यसरी उपचार गर्दिन भन्छ भने भोलि जनताले पनि कर तिर्दिनौं भने भने देशले कसरी धान्ने उनको प्रश्न छ । उनले भने,‘सरकारले सबैको अपिल सुन्नुपर्छ । विनम्र आग्रह सुन्नपर्छ ।’  File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्