Logo

अनाधिकृत निर्माण सामग्रीहरू जफत



वीरगंज, ४ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्र भित्र अनाधिकृत रूपमा राखिएका निर्माण सामग्री र ठेलागाडा जफत गरेको छ ।
आज महानगरभित्र जथाभावी राखिएका निर्माण सामग्रीहरू बालुवा, गिटी, ढुंगा तथा विभिन्न कवाडी सामानहरू नगरप्रहरीले नियन्त्रणमा लिएको हो ।

नगर प्रहरीले वीरगंजको माईस्थान, आदर्शनगर, बाईपासको ब्रह्मचोक लगायतका क्षेत्रमा अनाधिकृत रूपमा राखिएका निर्माण सामग्रीहरू, कबाड तथा ठेलागाडाहरू नियन्त्रणमा लिइएको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिए । नगर प्रहरीले निर्माण सामग्री हटाउने क्रममा करिब २५ टयाक्टर बालुवा, १०र१२ ट्याक्टर गिटी र ३ ट्याक्टरजति इँटा नियन्त्रणमा लिएको छ ।

दोश्रो बाईपासको ४० फिटको सडक छेउछाउमा राखिएको निर्माण सामग्री तथा फलामका कवाडीहरू नियन्त्रणमा लिएर डम्पिङ साइटमा राखिएको नगर प्रहरी इन्चार्ज भुषालले बताए । जथाभावी पार्किङ गरिएका ठेलाहरू समेत नगर प्रहरीले नियन्त्रणमा लिएर महानगरपालिकामा राखिएको उनले बताए । अनाधिकृत निर्माण सामग्री राखिएको स्थानहरूबाट हटाउने अभियान निरन्तर जारी रहने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्