Logo

ट्रम्पको चीनमा बैंक खाता



एजेन्सी, ५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंक खाता भएको खुलासा भएको छ । उनले चीनमा वर्षौसम्म व्यवसाय समेत गरेको उल्लेख छ ।

न्युयोर्क टाइम्सको रिपोर्टमा ट्रम्पको बैंक खाताबारे खुलासा गरिएको हो । उक्त खाता ट्रम्प इन्टरनेशनल होटल्स मेनेजमेन्टको नियन्त्रणमा रहेको र सन् २०१३ देखि २०१५ सम्म स्थानीय कर समेत तिरिएको रिपोर्टमा उल्लेख छ । उनले एक लाख ८८ हजार डलर कर नै तिरेको खुलेको हो ।

ट्रम्पको अमेरिकाभित्र र बाहिर बहु व्यवसायिक स्वार्थ रहेको छ । जसमध्ये स्कटल्यान्ड र आइरल्यान्डको को गल्फ कोर्स र पाँचतारे होटलको सञ्जाल पनि थियो ।



प्रतिक्रिया दिनुहोस्