Logo

माधव नेपाल खुमलटारमा, कर्णाली विवादबारे छलफल



काठमाडौं, ५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा आन्तरिक विवाद चुलिएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याईएपछि विवाद चुलिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले सक्रिय भूमिका निर्वाह गरेसँगै उक्त विवाद हल भएको थियो ।

अध्यक्ष दाहाल र नेता नेपालबीच सहमति भएपछि कर्णालीमा ओली पक्षधर अल्पमतमा परेका छन् । आजमात्रै नेता नेपाल अध्यक्ष दाहालसँग भेट्न दाहालकै निवास खुमलटार पुगेका छन् । उक्त भेटवार्तामा कर्णाली प्रदेशको विवादबारे छलफल भएको छ । अध्यक्षद्धय ओली र दाहालबीच सहमति भएको भनेर भनिएपनि ओली र दाहालको सचिवालयले छुट्टाछुट्टै विज्ञप्ती निकालेर अझैपनि सहमति नभईसकेको स्पष्ट पारेका छन् । यही सेरोफेरोमा ओलीले हिजोमात्रै वरिष्ठ नेता नेपालसँग छलफल गरेर सहकार्य गर्न प्रस्ताव गरेका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्