Logo

मकैको कुन्युमा लुकाएको अवस्थामा भेटियो नक्कली नोट



चितवन, ५ कात्तिक । नक्कली नोट मकैंको कुन्युमा भेटिएको छ । प्रहरीले कुन्युमा लुकाइएको नक्कली नोटसहित एकजनालाई पक्राऊ समेत गरेको छ ।

प्रहरीले एक हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङका जित बहादुर लोप्चनलाई मङ्गलबार पक्राऊ गरेको हो ।

चितवन राप्ती भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली नोटको कारोबार गरेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त स्थानबाट लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा लोप्चनको घरको मकैको कोन्युमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्