Logo

युवकमाथि चक्कु प्रहार



सप्तरी, ५ कात्तिक । धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाउने एक युवक पक्राउ परेका छन् । डाक्नेश्वरी पोखरीया टोल २१ वर्षीय पुरुषलाई धारिलो हतियार चक्कु प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँका राजिव मण्डललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसईवीको कारण राजीव समेतका ३ जनाले चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि राजविराजतर्फ पठाएको सुचना आएलगत्तै सुरक्षा वेस क्याम्प पत्थरगाढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्