Logo

नेहा कक्कड र रोहनप्रीतको विवाह अगाडी ‘नेहु दा व्याह’ रिलिज



एजेन्सी, ५ कात्तिक । बलिउड गायिका नेहा कक्कड हाल विवाहको चक्करमा छिन् । नेहाले यसै महिनाको अन्तिममा पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्दै छिन् । हालसम्म विवाह कुन दिन हुने भन्ने चाँही खुलासा भएको छैन् । तर विवाह भन्दा पहिला दुवैजनाले गाएको एक गीत चर्चित भएको छ ।

गीतको बोल ‘नेहु दा व्याह’ रहेको यो गीत आज रिलिज भएको छ । यस गीतलाई नेहाले प्रमोशन गरिरहेकी छिन् । गीतको भिडियोमा नेहा र रोहनप्रीत लिड रोलमा छन् । भिडियोमा दुवैको प्रेम जीवनबाट विवाहसम्मको यात्रा देखाइएको छ ।

‘नेहु दा व्याह’ कोे बोल पनि यसरी लेखिएको छ, जहाँ नेहाले रोहनलाई माया व्यक्त गरीरहेकी छिन् र विवाह गर्ने कुरा गरिरहेकी छिन् । यस भिडियोमा दुवैजना माया गर्ने जोडिको रुपमा देखिएको छ । अब उनीहरुको वास्तविक जीवनको विवाहको पर्खाइमा दर्शकहरु रहेका छन् ।

नेहा र रोहनप्रीत चाडैनै विवाह बन्धनमा बाधिदै छन् । उनीहरुको रोका सेरेमनी पनि भइसकेको छ । केही दिन अगाडी रोका सेरेमनीको भिडियो नेहाले सेयर गरेकी थिइन् । अब चाडैनै नेहा र रोहनप्रीत वैवाहिक जीवनमा प्रवेश गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्