Logo

सनी लियोनी र करिश्मा तन्नाको फिल्म



एजेन्सी, ५ कात्तिक । सनी लियोनी र करिश्मा तन्नालाई लिएर ‘टिना एंड लोलो’ बनेको थियो तर रिलिज भएको कसैलाई पत्तो नै भएन् । अब जमाना फेरीएको छ । ओटीटीको जमानामा प्लेटफर्म देखाउन कन्टेन्ट चाहिन्छ । टीना र लोलोको वेबसीरिजको नयाँ नाम आएको छ । जसको नाम ‘बुलेट्स’ हो ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । एमएक्स प्लेयरमा यो सीरिज ३० अक्टोबरमा प्रदर्शन हुँदैछ । देवांग ढोलकियाद्वारा निर्देशित यो फिल्ममा सनी लियोनी र करिश्मा तन्ना आकर्षक अवतारमा देखिएका छन् । साथै दुवैजनाले एक्शन गरेको पनि देखिन्छ ।

दुई मिनेट लामो ट्रेलरमा लोलो र टीनाको जिन्दगीको झलक देख्न सकिनेछ । यी दुवैजना देशकाबीचमा हुने हतियारको गैह्रकानुनी डिलमा अल्झिरहेका हुन्छन् । प्रहरी र गुन्डाहरु उनीहरुको पछाडि लागेका हुन्छन् र उनीहरु आफ्नो बचाऊमा लागेको देखिन्छ । सनी र करिश्माको जुगलबन्दी दर्शकले कत्तिको मन पराउँछन् त्यो भने हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्