Logo

टाइगर श्राफ हीरोपन्ती २ मा जासुसी गर्ने



एजेन्सी, ५ कात्तिक । लकडाउनको क्रममा टाइगर श्राफ केवल फिटनेसमा मात्र ध्यान दिएनन् केही फिल्मको तयारी पनि गरिरहे । उनको फिल्म गणपतको सुटिङ चाडै सुरु हुदैछ । गणपतमा उनी मुम्बई भाषामा बोलेका छन्, जसको लागि कक्षा पनि लिइरहेका छन् ।

उनको अर्को फिल्म हीरोपन्ती २ पनि बन्ने भएको छ । टाइगरको पहिलो फिल्मको नाम हीरोपन्ती थियो, जुन फिल्म बक्स अफिसमा निकै सफल भयो । साजिदले यो फिल्मको सीक्वल बनाउने तयारीमा छन् ।

हीरोपन्ती २ फिल्मलाई स्क्रिप्ट लेख्नको लागि रजत अरोरा अनुबन्धित भइसकेका छन् । मसला फिल्म लेख्नमा रजत माहिर छन् । किक, डर्टि पिक्चर, वंस जस्ता सफल फिल्म रजतको कलमले नै लेखिएका थिए । हीरोपन्ती टाइगरको इमेजलाई ध्यानमा राखेर तयार पारीएको छ र टाइगर यस फिल्ममा अहिलेसम्म कै नखेलेको भुमिकामा देखिने छन् ।

भारतीय समाचार अनुसार हीरोपन्ती २ मा टाइगर एक जासुुसको भुमिकामा देखिनेछन् । उनले जासुसी गरेकाले धेरै ठुला बदलाव आउनेछ । एक्शन स्टार टाइगर भएकोले पनि भरपुर मात्रामा एक्शन हुने सम्भावना रहेको छ । अन्य फिल्ममा भन्दा यो फिल्ममा स्टाइलिस्ट एक्शन हुनेछ । अहमद खानले निर्देशन गर्ने यो फिल्म अर्को वर्ष रिलीज हुनेछ ।



प्रतिक्रिया दिनुहोस्