Logo

आज ५७ सय ४३ कोरोना संक्रमित थपिए



काठमाडौं,  ५ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ५७ सय  ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार  ८ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् । आज २९९६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्