Logo

सञ्जय दत्त क्यान्सरमुक्त



एजेन्सी, ५ कात्तिक । बलिउड स्टार सञ्जय दत्त क्यान्सरमुक्त भएका छन् । उनले आज आफू क्यान्सरमुक्त भएको जानकारी दिएका हुन् ।

आफ्ना जुम्ल्याहा छोराहरु साहरन र इक्राको १० औं जन्मदिन पारेर खुशी बाँडेको समेत सामाजिक सञ्जालमा लेखेका छन् । केही हप्ता आफू र परिवारका लागि निकै कठिन समय भएको समेत बताए । उनले आफू क्यान्सरविरुद्धको युद्धमा विजयी भएको जानकारी दिए ।

फोक्सोको क्यान्सर भएपछि सञ्जय अभिनयबाट टाढिएका थिए । उनी उपचारका लागि भारतबाहिर पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्