Logo

उपत्यकामा आज ३१०७ कोरोना संक्रमित थप



काठमाडौं,  ५ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन  ३१ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ५७ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ३१ सय ७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  २० हजार  १ सय  १८  जनाको पिसीआर परिक्षणमा ५७  सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  २९९६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ९९ हजार ६ सय   ५ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  २३९१ जना र ललितपुरका  १७३ जना र भक्तपुरका ५४३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्