Logo

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु



काठमाडौं, ५ कात्तिक । बुधवार कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या वृद्धि हुँदै गएको हो । देशभर संक्रिय संक्रमितको सख्या ४४ हजार ५ सय ७६ रहेको छ भने निको हुनेको सख्या ९९ हजार ६ सय ५ जना रहको नियमित प्रेस विफ्रिङमा प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

२४ घन्टामा कोरोना संक्रमित ५ हजार ७ सय ४३ थपिएका छन् । आज २० हजार १ सय १८ जनाको पिसिआर परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमितको सख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस्