Logo

अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, मृतक संख्यामा पनि रेकर्ड तोडियो



काठमाडौं, ५ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या एकै दिन पाँचहजार भन्दा बढी थपिएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या पनि बितेको २४ घन्टामा २६ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार १ सय १८ जनाको पिसीआर परिक्षणमा ५ हजार ७ सय ४३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

देशमा अहिलेसम्म ९९ हजार ६ सय ५ जना संक्रमणमुक्त भएका छन् । आज २ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका २ हजार ३ सय ९१ जना र ललितपुरका एक सय ७३ जना र भक्तपुरका ५ सय ४३ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्