Logo

द्विपक्षीय सहयोगबारे अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौं, ५ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच आज द्विपक्षीय आर्थिक सहयोग, कोभिड –१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको आज भएको शिष्टाचार भेटवार्तामा अर्थमन्त्री पौडेलले नेपाल अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकी सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।

राजदूत बेरीले पौडेललाई पुनः अर्थमन्त्री हुनु भएकामा बधाई दिँँदै सफल कार्यकालको शुभकामना दिए । उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रेश विज्ञप्ति

माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलर नेपालका लागि अमेरिकाका महामहिम राजदूत र्याण्डीबेरी बीच शिष्टाचार भेटमाननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलरनेपालकालागि अमेरिकाका महामहिम राजदूत र्याण्डीबेरी बीचआज अर्थ मन्त्रालयमा शिष्टाचार भेटभयो । उक्त भेटमा माननीय अर्थमन्त्रीले नेपालअमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालकोविकासमानिरन्तर गर्दै आएकोसहयोगको लागि धन्यवाद दिनुभयो ।

माननीय अर्थमन्त्रीर महामहिम राजदूत बीच द्विपक्षीय आर्थिक सहयोग,कोभिड –१९ महामारीको नियन्त्रण र सो पछिको आर्थिक पुनरुत्थानमा हुनेसहयोग लगायतका विषयमा छलफल भयो । महामहिम राजदूत बेरीले माननीय अर्थमन्त्रीलाई पुनः अर्थमन्त्री हुनु भएकोमा बधाईदिनुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले अमेरिकाबाट प्राप्त हुनेसहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रितगरेको उल्लेख गर्नु हुँदैअमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

२०७७ कार्तिक ५अर्थ मन्त्रालय



प्रतिक्रिया दिनुहोस्