Logo

राजलवटद्धारा जलेश्वरमा गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण



काठमाडौं, ५ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आज महोत्तरीको जलेश्वरमा गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरेका छन् । पछिल्लो समय उनले काठमाडौं उपत्यकामा केन्द्रित रहेर गुर्जो वितरण गरिरहेका छन् ।

आन्तरिक राजश्व कार्यालय लहान, सिराहामा कार्यरत राजलवटले गुर्जोको उपयोगिता र गुणको बारेमा प्रकाश पार्ने काम पनि गरिरहेका छन् । पछिल्लो एक दशकदेखि नियमित गुर्जो सेवन गर्दै आएका राजलवट कोरोनाको महामारीमा गुर्जो झनै उपयोगी हुने भन्दै यसको नियमित सेवन गरे रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्ने बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्