Logo

कुमारी बैंकले शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने



काठमाडौं, ५ कार्तिक । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना शेयरधनीहरुलाई बोनस शेयर र नगद लाभांश दिने घोषणा गरेको छ । कार्तिक ५ गते बसेको बैंकको संचालक समितिको बैठकबाट आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १०% बोनस शेयर तथा ४% नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लागू हुनेछ ।



प्रतिक्रिया दिनुहोस्