Logo

नविल बैंकका नवनियुक्त अध्यक्ष पौडेलले लिए सपथ



काठमाडौं, ५ कार्तिक । नविल बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले आज पद तथा गोपनियताको सपथ लिएका छन् । आज आयोजित भर्चुअल समारोहबीच अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकका रुपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल गत असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्