Logo

रअ प्रमुख सामन्त गोयलले क-कस्लाई भेटे



काठमाडौं, ६ कात्तिक । भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनेलेसिस विङ (रअ) का प्रमुख सामन्त गोयलले २० घन्टा नेपाल बसाईंमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । हिजो दिउँसो नेपाल आएका उनी आज विहान फर्किएका छन् । एक रात बसाईंमा उनले शिर्ष नेताहरुसँग भेटवार्ता गरेका छन् ।

विशेष विमानमा नौजनासहित आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटेका छन् । उनको यो भेट आफैमा अर्थपूर्ण छ ।

गोयलले व्यस्त बसाईंमा सुरक्षासम्वद्ध व्यक्तिहरुसँग पनि भेट गरेको बुझिएको छ । उनले अधिकांश भेट गोप्य स्थानमा बसेर गरेको बुझिएको छ ।

रअ प्रमुख भएलगत्तै गत वर्ष पनि गोयल नेपाल आएर शिर्ष नेताहरुसँग भेटवार्ता गरी फर्किएका थिए । यसपाली उनको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्