Logo

‘रअ’ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रअ प्रमुख गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टचार भेटव गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । उनकाअनुसार गोयलले हिजो बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  भेट भएको हो । भेटका क्रममा उनले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले जनाएका छन् ।

रअ प्रमुख गोयलले प्रधानमन्त्रीलाई भेटेकोबारे थापाले एक प्रेस नोट नै जारी गरेका छन् । उनले लेखेका छन्,”प्रेस नोट भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । उहाँ भेटकाे लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो । भेटका क्रममा उहाँले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो ।सूर्य थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार ६ कात्तिक २०७७।” file photo



प्रतिक्रिया दिनुहोस्