Logo

‘ रअ प्रमुख गोयल र प्रधानमन्त्रीबीच दुई घण्टा भेटवार्ता, नेपाल–भारत सम्बन्ध सुमधुर बनाउनेबारे कुराकानी’



काठमाडौं, ६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर र सुदृढ हुने विश्वास दिलाएका छन् । पछिल्लो समय नेपाल र भारतबीच सम्बन्ध चिसिएको बेला प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले यस्तो दाबी गरेका हुन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।

गत अगष्ट १५ मा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको, सचिवस्तरीय वार्ता र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुले पनि दुई देशबीच देखिएका समस्या हल हुने विश्वास दिलाए । प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलबीच करिब दुई घण्टा वार्ता भएको उनले जनाए। उक्त भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको थियो । सिमा विवाददेखि लिएर सबै समस्या हल गर्ने विषयमा प्रधानमन्त्री ओली र रअ प्रमुखबीच कुराकानी भएको हो ।



प्रतिक्रिया दिनुहोस्