Logo

कंगनाको दिदीबहिनीलाई प्रहरीकोमा उपस्थित हुन सूचना जारी



एजेन्सी, ६ कात्तिक । मुम्बई प्रहरीले बुधवार अभिनेत्री कंगना रनौट र उनकी बहिनी रंगोली चन्देलको नाममा सूचना जारी गरेको छ । सूचनाद्वारा कंगना दिदी बहिनीलाई अर्को हप्ता प्रहरी कार्यालयमा उपस्थित भई बयान दिन आग्रह गरेको हो ।

अधिकारीको अनुसार उनीहरुको विरुद्ध समुदायबीचमा वैमनस्यतालाई बढावा दिने खालका टिप्पणी गरेकोमा आपत्ति जनाउदै मुद्दा दायर भएको छ । बान्द्रा मेट्रोपोलेटिन मजिस्ट्रेटको अदालतले शनिवार प्रहरीले बलिउड निर्देशक अली सैयद द्धारा दायर गरिएको मुद्दा हेर्न आदेश दिएको थियो । मुद्दामा कंगना र उनकी बहिनीले ट्विट तथा अन्य स्थानमा बोलेका कुरामा अनुसन्धान गर्न आग्रह गरिएको थियो ।

अदालतको निर्देशन बमोजिम बान्द्रा प्रहरीले रनौत र उनकी बहिनी रंगोलीको विरुद्धमा भारतीय दन्ड संहिताको धारा १५३ अनुसार धर्म, नस्ल आदीको आधारमा विभिन्न समुहबीचमा वैमनस्यतालाई बढावा दिएको र धार्मिक भावनामा आहत पु¥याएको भन्दै मुद्दा दर्ता गरेको छ ।

कंगनाले पछिल्लो समयमा बलिउडमा परिवारवाद हावी भएको र पक्षपाती व्यवहार भएको बताउँदै आएकी छिन् । कतिले त कंगनाले बलिउडको छविमा नै आघात पुर्याएको समेत आरोप लगाएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्