Logo

विवाहको लागि परिवारको साथमा रवाना पुगिन नेहा



एजेन्सी, ६ कात्तिक । बलिउड गायिका नेहा कक्कड र पन्जाबी गायक रोहनप्रीत सिंह चाँडैनै विवाह बन्धनमा बाँधिँदैछन् । हालसम्म भने विवाहको मिती सार्वजनिक गरिएको छैन् । तर यो महिनाको अन्तिमसम्म विवाह हुने सम्भावना रहेको छ ।

वास्तवमा नेहाले आफ्नो इस्टाग्राम स्टोरीमा एक फोटो सेयर गर्दै क्याप्सनमा आफ्नो विवाह दिल्लीमा हुँदैछ र परिवारको साथमा आफू रवाना पुगेको जानकारी दिएकी छिन् । फोटोमा नेहाको साथमा भाई टोनी र ठुलो दिदी सोनु फ्लाइटमा देखिन्छन् । नेहाले फोटो सेयर गर्दै जाउ नेहा प्रीतको विवाहमा भन्दै अर्को क्याप्सन पनि लेखेकी छिन् ।

नेहाले आफ्नो विवाहको खुशीयालीमा अर्को फोटो पनि सयेर गरेकी छिन्, जसमा रोहन र नेहाको रोमाण्टिक तस्वीरहरु छन् । फोटोमा दुवैजना धेरै खुशी देखिन्छन् । नेहाले हातमा मेहन्दी लगाएकी छिन् । फोटोमा रोहनले लव आकारको एक बोर्ड पनि समातेका छन् । जसमा विल यु म्यारी मि लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस्