Logo

एस स्कुलले कोरोना कहरमा शुल्कका लागि अभिभावकलाई दबाब दियो



काठमाडौं, ६ कात्तिक। कोरोना भाइरसका कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र डामाडोल अवस्थामा छ । त्यसको सिधै असर नेपालमा पनि परेको छ ।

कोरोना भाइरसका कारण नेपालमा व्यापार व्यवसाय गर्ने अधिकांशको व्यापार व्यवसाय ठप्प बन्नुका साथै दैनिकी चलाउन समेत धाउधाउ परिरहेको छ । यस्तो अवस्थामा केही स्कुलले शुल्कका लागि विद्यालयलाई हैरान पारिरहेका छन् । विशेषगरी काठमाडौं उपत्यकाका केही स्कुलहरुले भने अभिभावकसँग छलफल गर्न नमानी उल्टै एकलौटी ढंगले पेलेर आफैले निर्धारण गरेको शुल्क तिर्न वाध्य पारेका छन् ।

निजी स्कुलहरुले सामान्य अवस्थाको जस्तै शुल्क लिन अभिभावहरुलाई पत्र नै काटेर ताकेता गरेका छन् । यदि दशैं अगाडि स्कुलले तोकेको शुल्क अभिभावकले समयमै नबुझाए विद्यार्थीलाई अनलाइन क्लास नै ब्लक गर्ने भनी पत्र काट्नुले कोरोना भाइरसबाट व्यापार व्यवसाय डामाडोल भई दैनिक जीवनयापन गर्न धाउधाउ र दशैं कसरी मनाउने भन्ने बारेमा चिन्ता परिरहेको अवस्थामा झन् स्कुलले यस्तो पत्र काट्नुले अभिभावकलाई पीडामाथि झन् पिडा थपिएको एक अभिभावकले बताए ।

कोरोना भाइरसले मुलुककै आर्थिक अवस्था कमजोर बनिरहेको र सो को असर सिधै सर्वसाधारणलाई परिरहेको अवस्थामा काठमाडौंको गैरीगाउँस्थित एस स्कुलले अभिभावकलाई पत्र नै काटेर वार्षिक शुल्क २० हजार र मासिक शुल्क समयमा नबुझाए नोभेम्बर १ बाट क्लास नै बन्द गराउने चेतावनी दिएको छ ।

सो स्कुलको व्यवस्थापनलाई अभिभावकहरुले भेटेर स्कुल पनि चल्नुपर्ने र बच्चालाई पढाउने वातावरण पनि बन्ने गरी शुल्क निर्धारण गर्न अभिभावकहरले पटक—पटक आग्रह गर्दा पनि व्यवस्थापनले कानमा तेल हालेर बसी दशैंको मुखमा पत्र नै काटेर यसरी अभिभावक र बच्चाको भविष्यमाथि खेलवाड गर्ने स्कुलप्रति अभिभावकहरु भेला भई दशैंपछि लगत्तै स्कुल घेराउ गर्ने र त्यसपछि पनि स्कुलले पेलेर जान खोजे कानुनी रुपमा अगाडि बढ्ने अभिभावकहरुले बताए ।

अभिभावकका अनुसार स्कुलको व्यवस्थापन समितिसँग अभिभावकहरुले अनलाइन क्लासको विषयमा छलफल गर्ने र सोही अनुसार शुल्कसमेत निर्धारण गर्ने विषयमा छलफल गर्न खोज्दा व्यवस्थापन समितिले आलटाल गर्दै बेवास्ता गर्दै आयो । स्कुलले एकलौटी ढंगले शुल्क निर्धारण गरेका कारण व्यवस्थापन र अभिभावकहरुबीच छलफल गरी शुल्क निर्धारण गरी शुल्क तिर्ने पक्षमा रहेको ती अभिभावकले बताए। तर, स्कुलले पत्र नै काटी दशैं अगाडि शुल्क नतिरेको खण्डमा नोभेम्बर १ बाट बच्चाको अनलाइन क्लास नै बन्द गर्ने चेतावनी दिएका कारण अब स्कुलको विरुद्धमा कानुनी रुपमा अगाडि बढ्ने अभिभावकहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्