Logo

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा केसी



काठमाडौं, ६ कार्तिक । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट सञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गरेका केसी पत्रकारितौ पिएचडी अध्ययनरत छन् ।

उनीसँग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ। सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष भइसकेका केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत थिए । Photo Facebook/Bhuwan KC



प्रतिक्रिया दिनुहोस्