Logo

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण



काठमाडौं, ६ कार्तिक । वाग्तमी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।मुख्यमन्त्री पौडेललाई सामान्य रुघाखोकी देखिएपछि उनी स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेशनमा बसेका थिए। कोरोना परीक्षणका लागि उनले बुधबार स्वाब दिएका थिए। उनलाई बिहीबार कोरोना पुष्टि भएको हो। पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ।



प्रतिक्रिया दिनुहोस्