Logo

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : नेपाली जनता अभिभावकविहीन



कात्तिक ६, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका हुन् ।

उनले जनता बाँचे मात्र राज्य रहने र राज्य रहे मात्र राजनीति रहने यथार्थप्रति सचेत हुन आग्रह गरेका छन् । शाहले दिएको शुभकामना सन्देशमा नेपाली जनता अविभावक विहीन टुहुरा बनेको पीडाबोध भइरहेको उल्लेख गरिएको छ ।

संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

त्यस्तै उनले अहिलको राजनीतिक नेतृत्व आपसी समन्वय, सदभाव र सहकार्यलाई छाडेर व्यक्तिवाद, समूहवादमा लागेको आरोप लगाएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot