Logo

अभियन्ता राजलवटद्धारा काभ्रे, काठमाडौं र ललितपुरमा निःशुल्क गुर्जो वितरण



काठमाडौं, ६ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले आज काठमाडौंका विभिन्न ठाउँ र काभ्रेको पनौती र धुलिखेलमा निःशुल्क गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरेका छन् ।

उनकाअनुसार काभ्रको पनौती बसपार्कमा ६ सय विरुवा, पनौति नगरपालिका ५ खडपुमा ४ सय विरुवा, धुलिखेलमा २ सय विरुवा, रोटरी क्ल्ब धुलिखेलमा १ सय विरुवा, नेपाल राष्टिय खड्गी समाज महिला समिति, पाटनमा एक सय विरुवा, एपीवान टिभीमा तीन सय विरुवा, अन्नपूर्ण एफ.एम महाराजगञ्जमा एक सय विरुवा वितरण गरिएको थियो । र, सबै स्थानमा गुर्जोको चियासमेत खुवाईएको राजलवटले जानकारी दिए ।

गुर्जोको माग धेरै हुन थालेको राजलवटले जनाए । र, आफूलाई सम्पर्क गरेर बोलाएका ठाउँमा भ्याएसम्म पुग्ने गरेको पनि उनले स्पष्ट पारेका छन् । राजलवटले यसअघि काठमाडौं उपत्यकामा दर्जनौं ठाउँमा गुर्जोको विरुवा, धुलो र चिया प्याकेट वितरण गरिसकेका छन् । गुर्जो मानव स्वास्थ्यका लागि बहुतै उपयोगी र गुणकारी भएको उनको भनाई छ ।

गुर्जोको नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतासमेत बढ्ने उनको दाबी छ । आफूले पनि पछिल्लो एक दशकदेखि गुर्जो नियमित सेवन गर्दै आएको र अहिलेसम्म कुनैप्रकारको रोग नभएको पनि उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्