Logo

प्रधानमन्त्रीले ‘रअ’ प्रमुखसँग बालुवाटारमा भेटेपछि भीमार्जुनको टिप्पणी : ‘सत्तासिन कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो’



काठमाडौं, ६ कार्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाईसिस विङ (रअ) का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको भेटवार्तालाई लिएर चौतर्फी आलोचना र टिप्पणी भैरहेको छ । संविधानविद् डा. भीमार्जुन आचार्यले सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकत्ता थियो र ? भन्दै गम्भीर प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत डा. आचार्यले उक्त भेटवार्ताबारे यस्तो कुरा उठाएका हुन् ।

उनले लेखेका छन्-“धेरैको राष्ट्रवाद पहिले पनि देखिएकै हो। सत्तासीन कम्युनिष्टहरुको “अन्तिम” राष्ट्रवाद यसपटक देख्न पाइयो । नागरिक जीवन धन्य भयो । ओली सरकारको जय होस । सबै मर्यादा बिर्सेर प्रधानमन्त्रीले प्रचण्ड, नेपाल वा अरू सबैभन्दा सक्कली …मै हु भन्ने प्रमाणित गर्न खोजेका होलान। अन्यथा, एउटा सार्वभौम मुलुकको सरकार प्रमुखलाई यसो गर्न के आवश्यकता थियो र ?”



प्रतिक्रिया दिनुहोस्