Logo

‘रअ प्रमुखसँग प्रधानमन्त्री राति लम्पसार पर्ने भनेको त नेपाली जनताको लागि अत्यन्तै लज्जाजनक र असह्य कुरा भयो’ : उपाध्याय



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री तथा भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतको गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बेलामा आफ्नै पहलमा बोलाएर आफ्नो निवासमा रातिको समयमा भेट्नु र उक्त भेटमा पार्टी र परराष्ट्र मन्त्रालयका प्रतिनिधि नराखी गोप्य वार्ता गर्दा नेपालको राष्ट्रवाद, नेपालको सार्वभौमसत्ता र नेपालको सम्पूर्ण स्वाभिमान झुकेको आरोप लगाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले यस्तो बताएका हुन् । उनले कुराकानीको क्रममा भनेका छन्-“नेपालको गुप्तचर निकायका प्रमुखलाई आफ्नै एउटा पहलमा नेपालमा बोलाएर, आफ्नो निवासमा त्यो पनि रातिको समयमा, आफ्ना पार्टीका प्रतिनिधि र परराष्टका प्रतिनिधि कसैलाई पनि नराखेर गोप्य वार्ता गर्नु भनेको नेपालको राष्ट्रवाद, नेपालको सार्वभौमसत्ता र नेपालको सम्पूर्ण स्वाभिमान एक त झुकेको छ । प्रधानमन्त्री भनेको संस्था हो । व्यक्ति होईन् । म प्रधानमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु । यो पटक्कै भएन । उहाँले योबारेमा देशवाशीहरुलाई एकदम राम्रो यसको चाहीँ कारण के हो भन्ने कुराको स्पष्ट गर्न सक्नुपर्छ । होईन भने यसले दुर्घटना निम्त्याउँछ । उहाँको पार्टीभित्र पनि दुर्घटना निम्त्याउँछ । र, देशपनि अर्को एउटा भयंकर नयाँ दुर्घटनामा पर्न जान्छ । मलाई दुःख लागेको छ ।”

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल काठमाडौं आउनुभयो, र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जानुभयो । यसलाई लिएर विभिन्न टिकाटिप्प्णी भैरहेको छ, तपाईँको दृष्टिकोणमा यो भ्रमण सही थियो या गलत ?

मलाई दुःख लागेको छ । किनभने प्रधानमन्त्रीजीले केही समय अगाडिमात्रै पनि जुन किसिमको अभिव्यक्ति दिनुभएको थियो । त्यसलाई हामीले गैरकुटनीतिक, गैरजिम्मेवार भनेर भन्यौं । मानिसमा अलिकति पनि विचारमा प्रष्टता, आफ्नो सोचमा निरन्तरता भएन भने त्यसले दुर्घटना निम्त्याउँछ । अकस्मात नेपाल र भारतको बीचमा राजनीतिक तहमा, कुटनीतिक तहमा कुनै किसिमको पनि प्रत्यक्ष वा अप्रत्यक्ष सम्वाद, वार्ता नभईरहेको अवस्थामा यो तपाई हामीलाई थाहा छ भारतले चाहँदाखेरि अरु मुलुकहरुसँग प्रत्यक्ष, अप्रत्यक्ष धेरै तहको सम्वादहरु गरेको छ । नेपालसँग सिमा विवादको कारण देखाएर, कोभिडको कारण देखाएर उसले अहिले सम्वाद गरेको छैन् । यस्तो बेलामा गुप्तचर निकायका प्रमुखलाई आफ्नै एउटा पहलमा नेपालमा बोलाएर, आफ्नो निवासमा त्यो पनि रातिको समयमा, आफ्ना पार्टीका प्रतिनिधि र परराष्टका प्रतिनिधि कसैलाई पनि नराखेर गोप्य वार्ता गर्नु भनेको नेपालको राष्टवाद, नेपालको सार्वभौमसत्ता र नेपालको सम्पूर्ण स्वाभिमान एक त झुकेको छ । प्रधानमन्त्री भनेको संस्था हो । व्यक्ति होईन् । म प्रधानमन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु । यो पटक्कै भएन । उहाँले योबारेमा देशवाशीहरुलाई एकदम राम्रो यसको चाहीँ कारण के हो भन्ने कुराको स्पष्ट गर्न सक्नुपर्छ । होईन भने यसले दुर्घटना निम्त्याउँछ । उहाँको पार्टीभित्र पनि दुर्घटना निम्त्याउँछ । र, देशपनि अर्को एउटा भयंकर नयाँ दुर्घटनामा पर्न जान्छ । मलाई दुःख लागेको छ ।

प्रधानमन्त्रीले एउटा देशको गुप्तचर प्रमुखलाई भेट्दैमा हामीले आपत्ति जनाउनुपर्छ र ?

होईन, हेर्नुहोस कुटनीतिमा मर्यादा भन्ने कुरा हुन्छ नि । धेरै कुरा सरकारले भन्ने गरेको छ कि हामी त विल्कुल चट्टानी अडानमा छौं । हामी हाम्रो स्वाभिमान झुक्न दिँदैनौं । हामी हाम्रो राष्टवादमा कतैपनि सम्झौता गर्दैनौं भन्ने व्यक्तिहरुले, मैले भनें नि तहनै नमिल्ने, कुनैपनि कुटनीतिक आधार, तह केही पनि नभएको, त्योपनि अहिले समय प्रतिकुल भएको बेलामा गुप्तचर संस्थाको प्रमुखलाई कालो समयमा भनेको मतलब अध्याँरोमा आफ्नो निवासमा भेट्ने, एक्लै भेट्ने यसले चाहीँ गम्भीर प्रश्नहरु उठाएको छ । यसले नेपालको आत्मस्वाभिमानलाई धक्का पुगेको छ । यो कुराको उहाँले जति छिटो महशुस गर्नुहुन्छ, त्यति नै देशलाई फाईदा हुन्छ ।

नेपाली राजनीतिमा भारतको सहयोग र समर्थन विगतदेखि नै रहँदै आएको छ नि, अब रअ प्रमुखलाई भेट्दैमा प्रधानमन्त्रीले प्रोटोकल बिर्सिनुभयो र उहाँले प्रोटोकलको ख्याल गर्नुभएन ? भनेर भन्न मिल्छ ?

होईन, हेर्नुहोस न अस्तिमात्रै भारतीय दूतावासका राजदूत महोदयले, उहाँसँगपनि पटक पटक सम्वाद गर्न सकिन्छ । उहाँपनि दिल्ली जानुभएको छ । आउनुभएको छ । यदि प्रधानमन्त्रीजी मोदीजीको विशेष दूतको रुपमा एउटा घोषित रुपमा आएको भए मलाई खुशी लाग्दथ्यो । सायद, यसले नेपाललाई कुनै हाम्रा दृष्टिकोण आदानप्रदान गर्न सहयोग होला भन्ने कुारको विश्वास हुन्थ्यो । त्यसो त भनिएको छैन् । परराष्ट्र मन्त्रालय अनविज्ञ छ । हामीले एकातर्फ चट्टानी अडान भनेर विरोध गर्ने, अर्कोतर्फ अध्याँरोमा लम्पसार पर्ने प्रवृत्ति नेपाली जनताबाट अब हेर्नुहोस यो चाहीँ लुक्ने कुरा आएन । यो चाहीँ राष्टको प्रमुखलाई, प्रधानमन्त्रीलाई सुहाउने आचरण होईन् ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई भेट्नु नै गलत हो त ? ठ्याक्कै भन्नुहोस ?

हामीलाई त परीणाम चाहियो, ऋषिजी । कुटनीति भनेको कौशलता हो । चातुर्यता हो । त्यो मैले भन्ने गरेको छु । नेपाली जनतालाई एउटा अब परीणाम चाहियो । अब कुनैपनि किसिमका नयाँ नयाँ किसिमका हामीले एउटा शब्दजालहरु, नयाँ नयाँ किसिमका परिदृश्यहरु, नाटकहरुबाट नेपाली जनता वाक्क भैसकेका छन् । अहिले समस्या छ, त्यसको समाधान चाहियो । त्यसको लागि प्रधानमन्त्रीजीले मैले अघि तपाईँलाई भनिसके कि उहाँले प्रष्ट रुपमा नेपाली जनतालाई विश्वासमा लिनसक्ने जसरी सिमाको विवादमा सम्पूर्ण नेपाली जनता एक भएका थिए, त्यसको उल्लंघन भयो क्या । उहाँले एक्लै मैले यो गर्न खोजेको हो, यो परीणाम यति दिनमा आउँछ भन्नुहुन्छ भने परीणाम आउँछ, नेपाली जनताको आकांक्षाअनुरुप भारतसँगको सिमा विवाद, अरु हाम्रा समस्याहरु जतिपनि छन्, त्यो समाधान हुन्छ भनेदेखि सबभन्दा पहिलो व्यक्ति म हुनेछु उहाँलाई स्वागत गर्न । तर, त्यस्तो देखिँदैन् ।

तर, प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले हिजो मसँगको जनता जान्न चाहन्छन् कार्यक्रममा रअ प्रमुखसँग सिमा विवादको बारेमा पनि कुराकानी भएको सुनाउनुभएको छ, अर्को कुरा प्रधानमन्त्रीले विभिन्न देशका सुरक्षा प्रमुलाई पनि भेटेकै हो नि त ?

होईन, ऋषिजी । सेना प्रमुख आउँदैछन् । त्यो आउँदाखेरि उनले शिष्टाचार भेट, यसो ५ १० मिनेट भेट्दाखेरि छुट्टै कुरा हो । तर, गुप्तचरको प्रमुखसँग अँध्यारो कोठामा तीन तीन घण्टा वार्ता गर्ने, अघि मैले भनें परराष्टमन्त्रालय, आफ्नो पार्टी सबै अहिले अनविज्ञ रहने । यो पनि कुनै चरित्र हो र ? यसमा नेपालको स्वाभिमान रहन्छ र ? नेपालको राष्ट्रवादीता यसमा झल्कन्छ र ? यो पटक्कै होईन् । यो त हेर्नुहोस के हो भने गुप्तचर संस्थाहरुबाट प्रयोग हुने व्यक्तिहरुले पटक पटक प्रयोग हुन्छन् । त्यसको एउटा नयाँ कडीको रुपमा मैले चाहीँ यसलाई अध्ययन गर्नुपर्ने देख्छु ।

तपाईलाई थाहा, रअ प्रमुखसँगको प्रधानमन्त्रीको भेटवार्ताबारे उहाँको सचिवालयले प्रेस नोट नै जारी गरेर स्पष्ट पारिसकेको छ नि, पारदर्शीता देखाएको छ । यो त राम्रो पक्ष होईन र ?

मुख्य कुरा परीणाम चाहियो । हिजो तपाईले राजनजीसँग गरेको कुरा पनि मैले सुनें । अब परीणाम चाहियो । त्यो परीणाम पनि अब शब्दजालबाट होईन् । अब यथार्थमा परीणाम चाहियो । विशेष दूतको रुपमा कुनै व्यक्ति आएको भए, के भारतमा कुटनीतिक तहका, राजनीतिक तहका कुनै व्यक्ति नै छैनन् र ? यसरी नेपालका प्रधानमन्त्रीले गुप्तचर प्रमुखसँग गोप्य मन्थना गर्नुपर्ने ? हामी हेर्नुहोस भारतले माईक्रो म्यानेजमेन्ट गर्यो भनेर यत्रो हल्ला गर्ने, भारतले नेपालको स्वाभिमानलाई धक्का पुर्यायो भनेर गाली, गलौच गर्ने र केही समय अगाडिमात्रै प्रधानमन्त्रीको जस्तो वक्तव्य आयो । जुन किसिमको गैरजिम्मेवार अभिव्यक्ति आयो । अहिले फेरि यसरी राति लम्पसार पर्ने भनेको त नेपाली जनताको लागि अत्यन्तै लज्जाजनक र असह्य कुरा भयो । यसलाई छिटोभन्दा छिटो प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ । उहाँको सञ्चार सल्लाहकारले एउटा सानो विज्ञप्ती निकालेर, अभिव्यक्ति दिएर र सल्लाहकारले मात्रै बोलेर यो हुने कुरा छैन् ।

त्यसो भए यसबारेमा प्रधानमन्त्री स्वयमले बोल्नुपर्यो होईन रअ प्रमुखसँगको भेटवार्ताबारे ?

हो, उहाँले के हो कुरा भनेर प्रष्ट पार्नुपर्छ । यसको आधार के हो ? अहिलेको समयमा नेपालको सहमतिबेगर उडान हुन सक्दैन् । को व्यक्ति किन आउँदैछन् ? भन्ने कुरामा सरकारले ढाकछोप गर्न खोज्यो । होईन, होईन भन्यो । धेरै सामाजिक सञ्जालमा दबाब परेपछि र मिडियामा कुरा आएपछि बल्ल भेट चाहीँ भएको हो भन्ने कुराको अभिव्यक्ति आयो । तर, कुन प्रयोजनलाई भएको हो भनेर अरुले बोलेर भएन। विश्वासलाग्दो आधारमा प्रधानमन्त्रीले जसरी देशले समस्त देशले एक ठाउँमा उभिएर सिमा विवादको बारेमा अभिमत दिएको थियो, त्यो अभिमतलाई उहाँले जोगाउने कि नजोगाउने ? फेरि परीक्षणमा प्रधानमन्त्रीजी पर्नुभएको छ ।

त्यसो भए प्रधानमन्त्रीले प्रष्ट रुपमा भेटवार्ताबारे बताउनुपर्छ भनेर यहाँले भनिरहँदा, नेपाल भारत मामिलाका जानकारहरुले यो द्धिपक्षीय सम्बन्धकोलागि आईसब्रेकपनि हुनसक्छ भन्ने टिप्पणी गरेका छन् नि ? के भन्नुहुन्छ ?

कुटनीतिमा मर्यादाको ठूलो कुरा हुन्छ । मर्यादालाई उहाँले उल्लंघन गरेर राष्टहितमा उनीहरुले अपरझट यो कदम चाले भन्ने कुरा हो भने त्यो कुरा त उहाँको मुखबाट त्यो अभिव्यक्ति आउनुपर्यो नि । यसरी देश चल्न सक्दैन् । उहाँको पार्टीले गम्भीर रुपमा लिनुपर्छ । समयमै उहाँले पार्टीलाई योबारेमा स्पष्टीकरण दिनुभएन भने पार्टीले लिनुपर्छ । त्यो पनि भएन भने नेपाली जनताको गम्भीर रुपमा ध्यानाकार्षण भएको छ ।

नेपालको हरेक आन्दोलनमा भारतको सहयोग छ नि, यसपटक भारतले नेपाल भारत सिमा विवाद समाधान गर्नको लागि रअ प्रमुखलाई नेपाल पठायो भन्नेहरुपनि छन् नि ?

होईन, होईन । त्यो होईन् । पटक्कै नमिल्ने कुरा हो । कहाँ रअ, कहाँ सिमा विवाद ? यो त राजनीतिक कुरा हो । कुटनीतिको कुरा हो । त्यसमा रअको संलग्नतामा स्विकार्नु भनेको हामीले आफ्नो आजसम्मको सम्पूर्ण स्वाभिमानलाई आँफैले एउटा समग्रमा आत्मसमर्पण गर्नु हो । मैले त्यसरी बुझ्छु ।

त्यसो भए नेपाली राजनीतिमा भारतीय गुप्तचरी संस्था रअको प्रवेश भयो अब ?

बीचमा हेर्नुहोस, प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुपर्छ । मैले धेरै चोटी भनेको छु पनि । पहिले पहिले राजनीतिक तहको सम्बन्ध नै थिएन । सम्पूर्ण यस्तै एजेन्सीहरुले नेपालसँगको सम्बन्धमा डिल गर्दथे । हामी पनि त्यसैमा रमाउँथ्यौं । बल्ल बल्ल गएर राजनीतिक तहको सम्बन्ध स्थापित भएको थियो । त्यसलाई फेरि हाम्रो प्रधानमन्त्रीले व्यक्तिगत लहड र उहाँको चाहनामा यी सबै एक किसिमको ब्याक टु जिरो, फेरि जिरोमा पुर्याएर अब गुप्तचर संस्थालाई प्राथमिकता दिनु भनेको यो चाहीँ गम्भीर विषय हो ।

रअको पनि नेपाली राजनीतिमा महत्व होला नि त ? कुटनीतिमा ?

होईन, उनीहरुको आफ्नो किसिमको महत्व छ । नेपाल भारतको आन्तरिक सुरक्षाको बारेमा छलफल हो भने विभिन्न माध्यमबाट नेपालको दूतावासमा जान्छ । त्यसको लागि प्रमुख आएर छलफल गर्नुपर्ने कुनैपनि किसिमको कुराहरु होईन् । हामीले अनावश्यक महत्व दिएको हो ।



प्रतिक्रिया दिनुहोस्