Logo

प्रदेश १ का कानुन मन्त्री कार्कीलाई कोरोना संक्रमण



विराटनगर, कार्तिक ७ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आफुलाई कोरोना संक्रमण भएको बताएका छन् ।

मन्त्री कार्कीले शुक्रबार बिहान समाजिक सञ्जाल फेसबुकबाट आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

बिहीबार गरिएको पीसीआर परिक्षणबाट आफुमा संक्रमण देखिएको मन्त्री कार्कीले उल्लेख गरेका छन् ।

रुघाखोकीलगायत लक्षण देखिएपछि आफु होम आइसोलेसनमा बसेको उनले जानकारी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्