Logo

फौजीको दशैं, न जोखिम भत्ता, न विदा



काठमाडौं, ७ कात्तिक । फौजी जागिर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्री रुपमा भने त्यती नै गाह्रो छ । आफ्नो परिवार भन्दा देशका लागि धेरै समय दिनुपर्ने हुन्छ ।अझै दशैंको समयमा फौजीहरु परिवारसँग समेत भेट्न पाउँदैनन् ।

सात महिनादेखि कोरोना रोकथाम तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पाएका छैनन् । जोखिमभत्ता नपाएका प्रहरीले दशैंमा विदा पनि पाएका छैनन् । कोभिड व्यवस्थापनको जोखिम तथा चाडपर्वमा थप चुनौती हुने भएकाले प्रहरी प्रधान कार्यालयले बिदा दिन नसकिएको जनाएको छ ।

भत्ता र विदा नपाउँदा पनि प्रहरीहरु आफ्नो सेवामा भने कटिबद्ध छन् । तर, सरकारले घोषणा गरेकै सुविधा नपाउँदा समेत दुःख लागेको एक प्रहरीले बताए । ‘डिउटीमै खटिदा कोरोना समेत लाग्यो,’ एक प्रहरी भन्छन्,‘तर, सरकारले दिने भनेको खाजा खर्च समेत नपाउँदा दुःख लागेको छ ।’-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्